arrow

सामाजिक सद्भाव कायम राख्न रौतहट प्रशासनको अपील, सोमबार सद्भाव र्याली निकालिने 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८२ फागुन १० आइतबार
rautahat-talk-82-11-10.jpg

रौतहट । रौतहटमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव अन्त्यका लागि सबै पक्षले सार्वजनिक अपील जारी गरेका छन् । आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सरोकारवाला र सबै पक्षले लगातार बसेको बैठकपछि आपसी सम्मान,सद्भाव र एकता कायम राख्दै सौहार्द्रपूर्ण वातावरण कायम राख्न अपील गरेका छन् । 

सार्वजनिक अपीलमा - सबै मिलेर सौहार्द्रपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न जिल्लाका सम्पूर्ण क्षेत्रमा सामाजिक, धार्मिक सहिष्णुता कायम गर्न अपील गरिएको छ । 

जिल्लामा शान्ति ब्यवस्था कायम राख्न सबैको साथ अपरिहार्य रहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जिकिर गरे । 

 सबगढा क्षेत्रमा सोमबार बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति भएको प्रजिअ भुषालले बताए । 

रौतहट प्रहरी प्रमुख सिताराम रिजालले शान्ति ब्यवस्था कायम राख्न सबैको साथ आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ