arrow

नबिल बैंकको ‘नबिल ढुक्क सुन खरिद कर्जा’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
nabil-bank-dhukka-sun-kharid.jpeg

काठमाडौँ । नबिल बैंकले ‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजनालाई निरन्तरता दिएको छ । बैंकका अनुसार यो कर्जा सुनको मूल्य निरन्तर बढ्दै गएको अवस्थालाई ध्यानमा राखी सुनका गहनामा लगानी गर्न इच्छुक ग्राहकका लागि तयार गरिएको विशेष कर्जा सुबिधा हो । 

भोलिको सोचको तयारी आजै गर्नुपर्छ भन्ने सचेत अभिभावकहरूका लागि यो योजना लाभदायक रहेको बैंकले जनाएको छ । जसले भविष्यका शुभ कार्यहरू जस्तै सन्तानको विवाह आदिका लागि अग्रिम योजना बनाउन चाहन्छन् । भविष्यमा सुनको मूल्य अझै बढ्न सक्ने हुँदा त्यस्ता खरिदहरू महँगो हुन सक्ने भन्दै बैंकले यो योजना ल्याएको जनाएको छ । 

बैंकका अनुसार यस प्रकारको सुन कर्जा ग्राहकले खरिद गर्न चाहेको सुनको गहना धितो (प्लेज) राखी प्रदान गरिन्छ । 

यो कर्जा सुलभ तथा आकर्षक ब्याजदरमा उपलब्ध रहेको बैंकले जनाएको छ । अधिकतम १२० सजिलो मासिक किस्तामा भुक्तानी गर्न तथा अग्रिम भुक्तानी (प्रिपेमेन्ट) सुबिधा पनि उपलब्ध रहेको छ ।

ग्राहकहरूले बैंकबाट सूचीकृत व्यवसायी (मर्चेन्ट) हरूमा गई आफूले चाहेको गहना छनोट गर्न सक्छन् । व्यवसायीबाट कोटेशन प्राप्त गरेपछि, बैंकले सुनको गहनाको फेयर मार्केट भ्यालुको अधिकतम ७० प्रतिशतसम्म वित्तीय सुविधा प्रदान गर्दछ भने बाँकी आवश्यक इक्विटी रकम अर्डर पुष्टि र डेलिभरीका लागि व्यवसायीलाई अग्रिम तिर्नुपर्ने हुन्छ । 

यस कर्जाको अधिकतम सीमा रु. १० लाखसम्म रहेको छ । सुनको मूल्य बढ्दो क्रममा रहेको र बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको हुँदा नबिल ढुक्क सुन खरिद कर्जा मार्फत सुनमा लगानी गर्ने यो उपयुक्त समय रहेको छ । 

सुबिधा लिन सकिने बैंक शाखाहरू–
यो सुबिधा बैंकका विभिन्न शाखाहरूबाट लिन सकिन्छ । जस्तैः वीरगञ्ज, बुटवल (योगीकुटी), चिप्लेढुङ्गा, धरान–बारगाछी, हेटौँडा, जनकपुर पिडारीचोक, कालिमाटी, कोटेश्वर, कुमारीपाटी, मंगलबजार, नारायणगढ (मिलनरोड), नेपालगञ्ज (भानुभक्त चोक), न्यूरोड, फिदिम, सूर्यविनायक, रातोपुल धनगढी र नयाँ बजारबाट सेवा पाउन सकिन्छ । 

आवश्यक कागजातहरू–
आवेदक र मनोनित व्यक्तिको नागरिकताको प्रतिलिपि
आवेदक र मनोनित व्यक्तिको फोटो
दर्ता गरिएको गहना व्यापारीबाट सुनको गहनाको उद्धरण
सुनका गहनाको बिजक ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ