arrow

निर्वाचन सुरक्षामा कडाइ गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी प्रदेशको वस्तुस्थितिबारे लिइन् जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
surakshya-nikayas.jpg

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गरी आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन्। रुपन्देहीको बुटवलमा आज बिहान आयोजित कार्यक्रममा उनले लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका उच्च अधिकारीहरूसँग विस्तृत छलफल गरेकी हुन्।

छलफलका क्रममा प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाका मध्यपश्चिम पृतनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र खत्री र विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षा योजनाका बारेमा प्रस्तुतीकरण दिएका थिए। उनीहरूले प्रदेशका २६ वटै निर्वाचन क्षेत्रको पछिल्लो अवस्था र निर्वाचन केन्द्रित तयारीबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए।

प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निर्वाचनका लागि आवश्यक वातावरण र सुरक्षा योजना तयार पारेकोमा सम्बद्ध अधिकारीहरूलाई धन्यवाद दिँदै सन्तोष व्यक्त गरिन्। उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन कडा निर्देशन दिएकी छन्।

निर्वाचन विरोधी गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, "जनतामा जान नसक्ने केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेका छन्। यस्ता तत्वहरूको पहिचान गरी कडा निगरानी राख्नुहोस् र निर्वाचनको वातावरण धमिल्याउन खोज्नेलाई छुट नदिनुहोस्।" उनले निर्वाचन केन्द्रित सुरक्षामा कुनै पनि कसर बाँकी नराख्न सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ