दमकमा अहिले ओछ्यानबाटै पिच सडक हेर्न सकिने अवस्था छ: ओली
विकास भएकै छैन भन्नु भ्रम मात्र हो, अझै धेरै काम गर्न बाँकी छ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
2.7k
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा केही विकास भएको छैन भनी फैलाइएको भाष्य गलत भएको बताएका छन्।
शनिबार झापाको दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उनले देशमा विकासका कामहरू भइरहेको र अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारे। देशमा केही सकारात्मक परिवर्तन भएको र विकास निर्माणका कार्यहरू निरन्तर चलिरहने प्रक्रिया भएको उनको भनाइ थियो।
सम्बोधनका क्रममा ओलीले भने, "देशमा केही भएको छैन भन्ने होइन, धेरै काम भएका छन्। तर अझै हुन बाँकी छ र ती काम गर्दै जानुपर्छ। पहिले दमकमा पिच सडक हेर्न राजमार्गसम्म पुग्नुपथ्र्यो, अहिले बेडबाटै पिच सडक हेर्न सकिने अवस्था छ। शिक्षा, स्वास्थ्य र खानेपानीमा पनि सुधार आएको छ, जसलाई अझै परिष्कृत गर्दै लैजानुपर्नेछ।"
उनले आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ मा मात्र नभई समग्र पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरे।