'जेन–जी' संविधानको माग गर्दै माइतीघरमा अनसन, फागुन १५ को 'डेडलाइन'
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
664
Shares
काठमाडौँ । युवा पुस्ता (जेन–जी) को एउटा समूहले वर्तमान संविधान खारेज गरी नयाँ 'जेन–जी' संविधान जारी गर्नुपर्ने मागसहित काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेको छ। विद्रोहको भावनालाई समेट्ने गरी आगामी फागुन १५ गतेभित्र नयाँ संविधान सार्वजनिक गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।
अनसनरत युवा जनार्दन अधिकारीले राज्यसत्तामा आसिन व्यक्तिहरूले 'जेन–जी' सहिदहरूको बलिदानमाथि भद्दा मजाक गरिरहेको आरोप लगाउँदै सरकारलाई कडा चेतावनी दिएका छन्। उनले जेन–जी आन्दोलनको उद्देश्य केवल सत्ता परिवर्तन नभई 'व्यवस्था र अवस्था' दुवै बदल्नु रहेको स्पष्ट पारे।
अधिकारीले अगाडि भने, "जेन–जी युवाहरूले २०८४ सालको निर्वाचन २०८२ सालमै सार्नका लागि बलिदान दिएका होइनन्। हाम्रो माग पूर्ण प्रणाली परिवर्तन हो।" वर्तमान संवैधानिक व्यवस्थाले युवाका चाहनालाई सम्बोधन गर्न नसकेको दाबी गर्दै उनीहरूले यसलाई पूर्ण रूपमा खारेज गरी नयाँ युग सुहाउँदो संविधान ल्याउनुपर्नेमा जोड दिएका छन्।