arrow

अनेरास्ववियुले जलायो बालेनको पुत्ला [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
akhille -jalayo-balenko-putla (7).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौँमा मसाल जुलुस निकालेको छ ।

अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो । संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्‍याएको भन्दै झन्डा जलाएकोप्रति आपत्ति जनाएको हो ।

एमालेले आफ्नो पार्टीको झन्डा जलाएको आरोप रास्वपाका नेता कार्यकर्तालाई लगाएको छ । रास्वपाले यसको खण्डन गर्दै झन्डा जलाउने घटनामा पार्टीका नेता कार्यकर्ता संलग्न नरहेको बताइसकेको छ ।

संगठनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ। मसाल जुलुसमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र साहको पुत्लासमेत जलाइएको छ ।

akhille -jalayo-balenko-putla (5).jpg
akhille -jalayo-balenko-putla (6).jpg
akhille -jalayo-balenko-putla (7).jpg
akhille -jalayo-balenko-putla (8).jpg
akhille -jalayo-balenko-putla (9).jpg
akhille -jalayo-balenko-putla (10).jpg
akhille -jalayo-balenko-putla (11).jpg
akhille -jalayo-balenko-putla (12).jpg
akhille -jalayo-balenko-putla (1).jpg
akhille -jalayo-balenko-putla (2).jpg
akhille -jalayo-balenko-putla (3).jpg
akhille -jalayo-balenko-putla (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ