arrow

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह, प्रधानमन्त्री कार्की सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
sushila-karki-pu.jpg

पोखरा । प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छिन् । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नेछन् ।

सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ । प्रधानमन्त्री दीक्षान्त समारोह सकिएपछि शुक्रबार नै निर्वाचनका सम्बन्धमा प्रदेश स्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्ने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ