arrow

एमाले त्यागेर रामवीर मानन्धर कांग्रेसमा, सभापति थापाबाट सदस्यता प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
rambir-manandhar-congress-gagan-pushpa.jpg

काठमाडौँ । नेकपा एमाले त्यागेर रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पार्टी सभापति गगन कुमार थापाले सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरेका हुन्।

राष्ट्रिय सभागृहमा आयोजित कांग्रेसको प्रतिज्ञापत्र सम्बन्धी कार्यक्रमका क्रममा सभापति थापाले मानन्धरलाई सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरे। उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे।

पूर्वमन्त्री एवं पूर्व केन्द्रीय सदस्यसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 

स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेशले काठमाडौँमा कांग्रेस बलियो हुने संकेत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ