arrow

पुँजी बजारको वर्तमान अवस्था र भावी रणनीतिबारे लगानीकर्ताबीच शिवाकोटीले गरे छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
aditya-shiwakoti-82-11-7.jpg

काठमाडौँ । क्यापिटल क्रेस्ट इन्भेस्टमेन्ट्सका अध्यक्ष आदित्य शिवाकोटीले बजारका विषयमा हुने यस्ता बौद्धिक र रचनात्मक छलफलले लगानीकर्ताको मनोबल उच्च बनाउने भन्दै आगामी हप्ताहरूमा पनि यस्ता भेटघाटलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पुँजी बजारका लगानीकर्ताहरूसँग बजारको वर्तमान अवस्था र भविष्यको रणनीतिका विषयमा गहन छलफलका क्रममा शिवाकोटीले सीमित सिटका कारण यस पटक सहभागी हुन नपाएका लगानीकर्ताहरूप्रति क्षमा माग्दै उनले भनेका छन्, “सिट सीमित भएकाले उपस्थित हुन नपाउनु भएका साथीहरूप्रति म क्षमाप्रार्थी छु। आगामी हप्ताहरूमा आयोजना हुने कार्यक्रमहरूमा यहाँहरूलाई समेट्ने प्रयास गर्नेछु।”

राजधानीमा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रममा अनुभवी लगानीकर्ता तथा बजार सम्बद्ध व्यक्तिहरूसँग अनुभव आदान–प्रदान गर्दै  शिवाकोटीले लगानीकर्ताहरूले देखाएको साथ, सुझाव र विश्वास नै आफ्नो संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै सधैँ सकारात्मक सहकार्यको अपेक्षा राखेका छन् ।

पछिल्लो समय पुँजी बजारमा सूचनाको सही प्रवाह र सामूहिक छलफलको आवश्यकता बढ्दै गएको सन्दर्भमा यस कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेटघाटका क्रममा अध्यक्ष शिवाकोटीले वर्तमान बजारमा देखिएका उतारचढाव र भविष्यमा आउन सक्ने सम्भावित चुनौती तथा अवसरहरूलाई मध्यनजर गर्दै लगानीका नयाँ रणनीतिहरूका विषयमा छलफल गरेका थिए । कार्यक्रमपछि सामाजिक सञ्जालमार्फत आभार प्रकट गर्दै उनले उक्त छलफललाई ‘ऊर्जावान र उत्पादनमूलक’ संज्ञा दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ