arrow

विगुको ओराङमा कांग्रेसको उत्साह, एमाले र नेकपाका कार्यकर्ता सामूहिक प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
bigu-orang-prabesh-s.jpg

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर २ ओराङमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी आधा दर्जन नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बुधबार निर्वाचन अभियानका क्रममा आयोजित एक कार्यक्रमका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा नेकपाका मिलन तामाङ र पुस्कर तामाङ रहेका छन्। त्यस्तै, एमाले परित्याग गरी लाल कुमार तामाङ, फुर्बा तामाङ, सुगम तामाङ र राज कुमार तामाङ पनि कांग्रेसमा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधि सभाका उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर पार्टीमा स्वागत गरे। सो अवसरमा उम्मेदवार शिवाकोटीले पार्टीमा भित्रिएका नयाँ साथीहरूलाई उचित जिम्मेवारी दिइने र उनीहरूको भावना अनुसार विकासका काम अघि बढाउने बताए। निर्वाचन नजिकिँदै गर्दा विगुका विभिन्न वडाहरूमा कांग्रेस प्रवेश गर्नेहरूको लहर चलेको स्थानीय नेताहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ