arrow

निर्वाचन आउन १५ दिन बाँकी

निर्वाचनमा 'एआई' र 'मत सर्वेक्षण' को दुरुपयोगप्रति आयोगको कडा चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै संकटमा पार्न सक्ने भन्दै यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र मर्यादित भूमिका निर्वाह गरिदिन आमसञ्चार लगायतका पक्षसँग आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) को प्रयोग गरी सिर्जना गरिएका भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन्। साथै, उनले निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चार माध्यमहरूलाई सचेत गराएका छन्।

भण्डारीका अनुसार मतदान हुनुअघि नै मतदाताहरूको कुराकानीलाई आधार बनाएर हारजितको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने अभ्यासप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता कार्यले मतदाताको स्वतन्त्र निर्णय लिने प्रक्रियालाई प्रभावित पार्ने र उम्मेदवारहरूलाई हतोत्साही बनाउन सक्ने आयोगको ठम्याइ छ।

"प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम छ," आयोगले भनेको छ। निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने काम नगर्न आयोगले विशेष आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ