प्रतिष्ठा जोगाउन मैदान उत्रँदै नेपाल: वानखेडेमा स्कटल्याण्डविरुद्ध सान्त्वना जितको खोजी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
830
Shares
काठमाडौँ । भारत र श्रीलङ्कामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ। समूह ‘सी’ अन्तर्गतको यो खेल मुम्बईस्थित प्रसिद्ध वानखेडे रङ्गशालामा नेपाली समयअनुसार राति ७:१५ बजे सुरु हुनेछ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्करण जितविहीन हुने सङ्घारमा छ। सन् २०१४ को डेब्यु विश्वकपमा दुई जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा पनि जितविहीन बनेको थियो। यस पटक पनि अघिल्ला तीनवटै खेल गुमाइसकेको नेपाल स्कटल्याण्डलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने सोचमा छ।
नेपालले यसअघिका खेलमा इङ्गल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो। आजको खेलमा नेपालका लागि प्रतिष्ठा जोगाउने अन्तिम अवसर हुनेछ।