arrow

जेन-जी आन्दोलनमा लुटिएका पेस्तोल र ४० राउन्ड गोली बरामद, सुजय राजवंशी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
pakrau9.jpg

झापा। जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका-८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई-छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो ।

सो अवसरमा प्रहरीले उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई-छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो ।

घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिए ।

लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उनको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ