arrow

उम्मेद्वारमाथि आक्रमण भएको घटनाप्रति आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
eakwal-haidar-parsa.jpg

काठमाडौँ। पिपुल फर्स्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ ।

पिपुल फर्स्ट पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा उम्मेद्वारमाथि भएको यस्तो घटना दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको ठहर गरेका छन् ।

निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धाको बातावरणप्रति शंका उब्जिएको पनि उनले जनाएका छन् ।

उक्त घटनामा संलग्न जो कोही भए पनि आवश्यक खोजी तथा छानबिन गरी दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन मागसमेत गरेका छन् ।

साथै उनले हमलामा घाइते भएका उम्मेद्वारको उपचार तथा पूर्ण सुरक्षाको व्यवस्था मिलाउन हामी सरकारसँग जोडदार माग समेत गरेका छन् ।

प्रेस विज्ञप्ति

हाम्रो पार्टी,पिपुल फर्स्ट पार्टीटीका तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार जावेद एकवाल हैदर माथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटना प्रति हाम्रो विशेष ध्यानाकर्षण भएको छ। निर्वाचन अबधिमा उम्मेदवारमाथि यस्तो घटना दुर्भाग्यपूर्ण र आपत्तिजनक छ। हामी यसको घोर निन्दा र भत्र्सना गर्दछौं। निर्वाचन अबधिमा उम्मेदवार माथि हुने यस्ता हमलाले निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धाको बातावरण प्रति शंका उब्जिएको छ। हामी निर्वाचन आयोग, निर्वाचन कार्यालय र सुरक्षा निकायको विशेष ध्यानार्कषण गराउन चाहान्छौं ।
यस कार्यमा संलग्न जो कोही भए पनि आवश्यक खोजी तथा छानविन गरि दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । हमलामा घाईते भएका उम्मेदवारको उपचार तथा पुर्ण सुरक्षाको व्यवस्था मिलाउन हामी सरकार संग जोडदार माग गर्दछौं ।


प्रशान्त सिंह
संयोजक
पिपुल
फर्स्ट पार्टी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ