arrow

चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
kp-sharma-oli-jhapa-10-27.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि निर्धारण गरिएको चुनावको माहोल अझै बनिनसकेको प्रतिक्रिया दिएका छन् ।

आइतबार भरतपुर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनावी वातावरणबारे सरकारले अझै धेरै कुरा थाहा पाउन बाँकी रहेकोले चुनावी माहोलबारे यसै भन्न सकिने अवस्था नरहेको दाबी गरेका हुन् ।

‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा माहोल अझै बनेको जस्तो देखिँदैन,’ उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्न अझै पनि ।’

अध्यक्ष ओलीले चुनाव भयो भने आफ्नो पार्टी चुनावमा सहभागी हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ