भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरूप सवारीसाधन हस्तान्तरण
रासस,
प्रकाशित २०८२ फागुन १ शुक्रबार
657
Shares
काठमाडौँ। भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरूप तेस्रो चरणमा २२३ वटा सवारी साधन हस्तान्तरण गरेको छ। गृह मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन हस्तान्तरण गरेका हुन्।
यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराइसकेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले जानकारी दिए। भारत सरकारले नेपाली सेनाका लागि पनि थप ५० वटा सवारीसाधन उपलब्ध गराएको छ। उक्त सवारी साधन राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देलललाई हस्तान्तरण गरे।
नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए।