arrow

'धेरै बोल्ने' ओली र 'मौन बस्ने' बालेनबाट देश चल्दैन : विश्वप्रकाश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
bishwaprakash-10-27.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गरेका छन्। एक कार्यक्रममा बोल्दै उनले ओली र साह दुवैलाई लक्षित गर्दै एक जना बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने स्वभावको रहेको बताए। धेरै बोल्ने र बोल्दै नबोल्ने दुवै खालका व्यक्तिबाट देश चल्न नसक्ने उनको तर्क छ। देशको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गरिमामय प्रतिनिधित्व गर्न सक्नुपर्ने भन्दै उनले यी दुवैमा त्यो सन्तुलन नदेखिएको दाबी गरे।

उनले कांग्रेस महामन्त्री गगन थापालाई 'तौलेर बोल्ने' नेताका रूपमा प्रस्तुत गर्दै देश चलाउन ठिक्क बोल्ने व्यक्तिको आवश्यकता पर्ने उल्लेख गरे। अहिलेको बहस वडा अध्यक्षको नभई देशको प्रधानमन्त्रीको भएको सम्झाउँदै उनले झोक चलेको भरमा 'घर जलाइदिन्छु' भन्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदका लागि सुहाउँदो नहुने टिप्पणी गरे। उनले प्रश्न गरे, "यदि नेपालको प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको मञ्चमा बसेर देशको प्रतिनिधित्व गर्नुपर्‍यो भने कसले प्रभावकारी रूपमा बोल्न सक्छ? एकचोटि सोच्नुस्।" फ्रान्स वा अन्य देशसँगको सम्बन्ध व्याख्या गर्न सक्ने क्षमता प्रधानमन्त्रीमा हुनुपर्ने उनको भनाइ छ।

यसका साथै शर्माले 'जेन-जी' आन्दोलनको क्रममा सरकारमा रहँदा आफ्नो पार्टीबाट भएका कमजोरीहरूको जिम्मा लिन आफूहरू तयार रहेको पनि स्पष्ट पारे। विगतका गल्तीहरूलाई स्वीकार्दै आगामी दिनमा सुशासन र सही नेतृत्व प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिन र सही नेतृत्व चयन गर्न जनतालाई बुझाउन समेत आग्रह गरे। देशको भविष्य र अन्तर्राष्ट्रिय छविका लागि गगन थापा जस्तो तार्किक र सन्तुलित नेता नै प्रधानमन्त्रीको सही हकदार भएको उनले दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ