arrow

मकवानपुरमा दुई किलो अफिम जस्तो देखिने पदार्थसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
like-afum.jpg

हेटौंडा । मकवानपुर प्रहरीले दुई किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। यही माघ २३ गते दिउँसो करिब १ः३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित सडकखण्डमा जाँच गर्ने क्रममा उनीहरूलाई समातेको हो। 

ना ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार भएर आएका राक्सिराङ गाउँपालिका–४ का २८ वर्षीय रबिन्द्र सिन्तान र सोही ठाउँका ३६ वर्षीय रामबहादुर डिम्डुङमाथि शंका लागेर प्रहरीले खानतलासी गरेको थियो।

प्रहरीले रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो फेला पारेको थियो। बरामद गरिएको उक्त पदार्थ र तस्करीमा प्रयोग भएको मोटरसाइकललाई प्रहरीले तत्कालै आफ्नो नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी मकवानपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले यो लागूऔषध कहाँबाट ल्याइएको हो र यसको मुख्य जालो कहाँसम्म फैलिएको छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ