arrow

लस एञ्जलसमा कार दुर्घटना हुँदा तीनको मृत्यु, सात घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
accident-final.jpg

काठमाडौँ। अमेरिकाको लस एञ्जलस शहरस्थित वेस्टवुड क्षेत्रमा बिहीबार एउटा सवारी साधन किराना पसलभित्र छिर्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूकाअनुसार यो दुर्घटना दिउँसो करिव १२ बजे भएको थियो ।

लस एञ्जलस अग्नि नियन्त्रण विभागले दिएको जानकारीअनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो भने अन्य सात जनालाई तत्काल नजिकैको अस्पताल लगिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले उक्त पसल एशियाली सुपरमार्केट चेन ९९ र्यान्च मार्केट रहेको पहिचान गरेका छन् ।

दुर्घटनाको वास्तविक कारणबारे अझै स्पष्ट हुन सकेको छैन र स्थानीय प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ