arrow

कार दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
accident-final.jpg

सर्लाही । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १ का २७ वर्षीय शुभम् जैसवाल छन् । 

दुर्घटनामा गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

सोही दुर्घटनामा कार चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सजय जैसवाल घाइते भएका छन् । घाइतेमध्ये सजयको अवस्था गम्भीर छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु३च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका-१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ