arrow

केबुलकार गेटअगाडि बसको ठक्करबाट एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
accident-final.jpg

चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-४ केबुलकार गेटअगाडि म‌ंगलबार बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

गोरखा जिल्लाको सहिद लखन गाउँपालिका-२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका लागि भरतपुर लगिएकामा १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

कैलाली लम्कीचुवा नगरपालिका-१२ का ४२ वर्षीय चालक सुभाष विश्वकर्मा र बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ