arrow

खिमलाल देवकोटाको चुनावी विश्लेषण - पुराना दलमा उत्साह, नयाँमा निराशा

जेन्जी आन्दोलनको तागत कहाँ हरायो? नयाँ दलको संरचनामा डा. देवकोटाको प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
kimlal-devkota-11.jpg

काठमाडौँ  । वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नयाँको तुलनामा पुराना राजनीतिक दलहरू बढी उत्साही देखिएको बताएका छन्। नेपाल कानुन समाजले मंगलबार विज्ञहरूसँग आयोजना गरेको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन्।

देवकोटाका अनुसार नयाँ राजनीतिक दलहरू हाल विभाजित र निराश अवस्थामा छन् भने पुराना दलहरू सबै क्षेत्रमा सङ्गठित रूपमा उपस्थित देखिएका छन्। जेन्जी आन्दोलनबाट नयाँ शक्तिले ठूलो तागत प्राप्त गर्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यसको प्रभाव कमजोर रहेको उनको दाबी छ।

डा. देवकोटाले पुराना दलहरूसँग बलियो सङ्गठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उठाएका छन्। उनले नयाँ दलहरू कोही बिरामी जस्तो त कोही गठबन्धनका लागि भौँतारिरहेको जस्तो देखिएको टिप्पणी गरे।

पुराना दलहरूसँग लाखौँ कार्यकर्ता र ग्यारेन्टी गरिएका मतदाता भए पनि नयाँ दलहरूको आधार र सदस्य सङ्ख्या अझै आशङ्काको घेरामा रहेको उनले बताए। जेन्जी मुभमेन्टले ल्याएको लहर नयाँ दलहरूको सङ्गठनात्मक शक्तिमा रूपान्तरण हुन नसकेको उनको विश्लेषण छ।

सबै राजनीतिक दलहरू चुनावी मैदानमा होमिइसकेकाले अब निर्वाचन हुनेमा कुनै आशङ्का गर्नुपर्ने स्थिति नरहेको उनले प्रस्ट पारे। निर्वाचनपछि अपेक्षित मत प्राप्त गर्न नसक्ने दलले धाँधलीको आरोप लगाउने चलन पुरानै भएको भन्दै उनले यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताए। अहिलेको बदलिएको राजनीतिक परिवेशमा पुराना दलहरूले आफ्नो वर्चस्व जोगाउन गरेको तयारी नयाँ शक्तिहरूका लागि चुनौती बनेको उनको बुझाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ