arrow

पत्रकार सिटौलाको दाहसंस्कार, पशुपति पुगे बालेन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
dinesh-sitaula-funeral-82-10-18ooo.jpg

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । उनको निधनमा श्रद्धाञ्जली दिन कलाकारहरू, संचारकर्मीहरूका साथै राष्ट्रिय स्वतन्त्र पाटीका वरिष्ठ नेता वालेन्द्र साह बालेनसँगै रास्वपाका नेता कार्यकर्ता तथा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ पनि पशुपति पुगेका थिए । 
    
उपचारका क्रममा निधन भएका पत्रकार सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागि केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो  । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

अस्पतालले ४५ वर्षीय सिटौलाको ब्रेन ह्यामरेजका कारण निधन भएको बताएको छ । उनी बालेनको चुनावी प्रचारमा हिँडेका बेला बिमार भएका थिए । 

ग्राण्डी अस्पतालले आइतबार विज्ञप्ति जारी गरी आइतबार दिउँसो १२:४५ बजे उपचारका क्रममा निधन भएको जानकारी दिएको थियो । 

अछाममा बालेनको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोश भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।

उनी चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्षसमेत थिए ।

dinesh-sitaula-funeral-82-10-18rrr (16).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (17).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (18).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (1).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (2).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (3).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (4).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (5).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (6).JPG
dinesh-sitaula-funeral-82-10-18rrr (7).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (8).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (9).JPG
dinesh-sitaula-funeral-82-10-18rrr (10).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (11).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (12).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (13).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (14).jpg
dinesh-sitaula-funeral-82-10-18rrr (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ