चट्गाउँ । दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको पहिलो खेलमा नेपालको मनाङ मर्स्याङ्दीले बंगलादेशी क्लब मोहमोदेन स्पोर्टिङ क्लबविरुद्ध २-० काे शानदार जित निकालेकाे छ । चट्गाउँमा भएकाे खेलकाे पहिलाे हाफ गाेल रहित बराबरीमा सकियाे । ५३अाैँ मिनेटमा अाेलावालेले गाेल गर्दै मनाङलाई १-० काे अग्रता दिलाए । यस्तै ८६अाैँ मिनेटमा विशाल राईले गाेल गर्दै अग्रता दाेब्बर पारे । बंगलादेशी क्लब मोहमोदेनले अन्तम समयसम्म पनि गाेल गर्न नसकेपछि मनाङ २-० ले विजयी भयाे ।
खेल सकियाे मनाङ २-० ले विजयी । 17:47:10
मनाङबाट अर्काे गाेल । ८६अाैँ मिनेटमा विशाल राईले गाेल गरे । 17:36:15
६५ मिनेटको खेल सकियो । नेपाल १–० ले अघि । 17:14:06
मनाङबाट गाेल । अाेलावालेले ५३अाैँ मिनेटमा गाेल गरे । 17:03:30
दाेस्राे हाफ सुरु भएकाे छ । 16:54:00
पहिलाे हाफ गाेलरहित बराबरीमा सकियाे । 16:39:00
पहिलाे हाफ सकिँदै । खेल ०-० के स्थितिमा । 16:36:40
३२ मिनेट सम्म खेल ०–० मै । 16:22:28
२७ मिनेटको खेल सकिँदा दुबै टोलीबाट गोल भएको छैन । 16:18:04