arrow

तीन लाखमा ओर्लियो सुनको भाउ, चाँदीको पनि भारी गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ। गत बिहीबार हालसम्मकै उच्च प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छापावाला सुनको भाउ निरन्तर घटेर आइतबार तीन लाख रुपैयाँमा झरेको छ । 

सुनको भाउ शुक्रबार प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ रहेको थियो । यता चाँदीको भाउ पनि तीन दिनमा तोलामा दुई हजार पाँच रुपैयाँ घटेको छ ।

गत बिहीबार प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको असली चाँदीको भाउ घटेर आइतबार पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । चाँदी गत शुक्रबार प्रतितोला सात हजार ६५ रुपैयाँ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ