arrow

मुस्ताङ पुग्यो भारतीय कलाकारको टोली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
indian-kalakar-mustang.jpg

मुस्ताङ । ७७औँ भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली शनिबार बेनी-जोमसोम सडक मार्ग हुँदै मुस्ताङ आइपुगेको छ । 

नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चार जना प्रतिनिधिसहित भारतीय सांस्कृतिक कलाकारको टोली मुस्ताङ आइपुगेको हो ।

भारतीय राजदूतावासअन्तर्गत भारतस्थित आसामको स्वामी विवेकानन्द कल्चर सेन्टरबाट कलाकारसहित नृत्य प्रदर्शन गर्ने टोली मुस्ताङ आइपुगेको कलाकार टोलीका अगुवा मुकुट बोराले जानकारी दिए । 

उनका अनुसार आसामको बिहु फोक नृत्य यहाँ देखाउने गरी कलाकार, प्राविधिक र प्रतिनिधिसहित १८ जना सहभागी छन् ।

यसैगरी भारतीय गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको एक समाहरोहमा कार्यक्रम निर्देशक वासिङ मल्लिक र राहुलसहित अन्य चार जनाको सहभागिता थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाले नेपाल सरकारसँग अनुमति लिएर सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय टोली यहाँ आएको जानकारी दिए।

आसामबाट यहाँ आएका कल्चर सेन्टरका टोलीले घरपझोङ गाउँपालिका-२ माफास्थित सामुदायिक समाजघरमा सांस्कृतिक नृत्य सञ्चालन गरेको हो । 

पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीको प्रमुख आतिथ्यतामा भारतीय कलाकारले करिब एक घण्टासम्म दुईटा बिहु फोक नृत्य प्रदर्शन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ