arrow

छ महिनामा चार सय ५६ ओटा विद्युतीय सवारीसाधन आयात 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
Birganj bhansar.jpg

पर्सा । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट रू एक अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका चार सय ५६ ओटा विद्युतीय सवारीसाधन आयात भएका छन् । 

गत आवको छ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ ।

चालु आवको छ महिनामा  विद्युतीय सवारीसाधनको आयातबाट मात्रै रू ८७ करोड ८४ लाख राजस्व सङ्कलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए । 

गत आवको छ महिनामा भने रू ३० करोड २६ लाख मूल्यका एक सय २४ विद्युतबाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो ।

ती सवारीसाधनको आयातबाट रू २४ करोड २९ लाख राजस्व सङ्कलन भएको थियो । वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा रु ९३ करोड मूल्यका इन्धनबाट चल्ने चार सय ३४ जिप, कार र भ्यान आयात भएको छ । 

ती सवारीसाधनको आयात हुँदा दुई अर्ब ५६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको छ महिनामा भने रू एक अर्ब १७ करोड मूल्यका पाँच सय ९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए ।

गत आवको छ महिनामा ती सवारीसाधनको आयातबाट रू तीन अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ