arrow

सुनील शर्माको घरदैलो, मोरङ ३ मा फेरि 'स्वास्थ्य र सेवा' को एजेन्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
sunil-sharma-ghardailo.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनील शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो क्षेत्रमा सक्रिय भएका छन्। मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका उम्मेदवार बनेका उनले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिँदै घरदैलो अभियान सुरु गरेका हुन्। 

यसअघि २०७९ को आम निर्वाचनमा एमालेका भानुभक्त ढकाललाई ठूलो मतान्तरले पराजित गरेका शर्मालाई स्थानीय मतदाताहरूले स्वास्थ्य र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने नेताका रूपमा चिन्छन्। उनले विपन्न तथा निम्न वर्गका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएका कारण पनि स्थानीयहरूको उनीप्रति विशेष भरोसा रहेको पाइन्छ।

चुनावी अभियानका क्रममा डा. शर्माले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीय विकास, रोजगारी सिर्जना र विपन्न वर्गको उत्थानलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारहरूलाई निरन्तर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै अस्पताल, विद्यालय, सडक र पुल जस्ता पूर्वाधार विकासमा थप लगानी गर्ने बताएका छन्। घरदैलोका क्रममा सहभागी मतदाताहरूले उनलाई जिताएर पठाउने आश्वासन दिएका छन् भने शर्माले कांग्रेसको बदलिएको छवि र सुशासनको पक्षमा पनि जोड दिएका छन्।

यसपटक ७० हजारभन्दा बढी मत प्राप्त गरेर बलियो जनादेशसहित जित्ने लक्ष्य राखेका शर्माले यस्तो नतिजाले संसदमा आफ्नो आवाजलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न आफू सधैँ तत्पर रहेको बताउँदै मतदातासँगको सम्बन्धलाई थप प्रगाढ बनाउन हरसम्भव प्रयास गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ