arrow

आफ्नो अध्यक्षमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको महेश बस्नेतको दाबी [भिडियो]

महेश बस्नेतको गम्भीर आरोप: "रवि र बालेनले १२ जनाको ज्यान गएको जिम्मा लिनुपर्छ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
mahesh-basnet-10.jpg

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्याको आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्। 

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै बस्नेतले भदौ २३ गतेको 'जेन–जी' आन्दोलनका क्रममा भएको क्षति र त्यसपछिको अराजकताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँका पूर्व मेयर बालेन्द्र साह बालेन मुख्य जिम्मेवार रहेको दाबी गरे। 

आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको जानकारी सेनाले दिएपछि अध्यक्ष ओलीले तत्काल मन्त्रिपरिषद् बोलाएर मृतकका परिवारलाई क्षतिपूर्ति दिने र शहीद घोषणा गर्ने निर्णय गरेको उनले स्मरण गराए।

बस्नेतले भदौ २४ गते संविधान र सुरक्षा निकायहरू नै 'हाइज्याक' गरेर देशलाई ध्वस्त पार्ने ठूलो षड्यन्त्र गरिएको जिकिर गरे। सोही क्रममा सभापति रवि लामिछानेसँगै देशभरका कारागारबाट १४ हजार कैदी भागेको र त्यसमध्ये १० जनाको मृत्यु भएको तथा दुई जना फरार कैदीले आफ्नै आमा र श्रीमतीको हत्या गरेको उनले बताए। 

यी १२ जनाको मृत्यु र हत्याको सम्पूर्ण जिम्मेवारी रवि लामिछाने, बालेन्द्र शाह र उनीहरूलाई उकास्ने राजीव खत्री, निश्चल बस्नेत एवं हिमेश पन्तले लिनुपर्ने बस्नेतको भनाइ छ।

आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र ध्वंसको हिसाबकिताब एक–एक गरी गरिने चेतावनी दिँदै उनले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको दाबी गरे।

उनले भने, ‘आज पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ । सेनाले भदौ २३ मा १९ जनाको मृत्यु भएको जानकारी दियो ।  अध्यक्षजूले आफूले प्रधानमन्त्रीको हैसियतमा ततकाल मन्त्रिपरिषद् बैठक बोलाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिने र उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेँ । भदौ २४ गते जब हाम्रो संविधान हाइज्याक गरियो, सेना, प्रहरी सबै हाइज्याक भए, युवाहरुको दिमाग नै हाइज्याक गरेर सिंहदरबार, सर्वोच्च अदालत लगायतका संवैधानिक संस्थाहरु जलाउने षड्यन्त्र गरियो भन्नुभएको छ । म यी साथिहरुर्ला सोध्न चाहन्छु बोलन आउ, बालेन नआउने भए रविजीलाई जेलबाट निकाल भन्ने को हो ? कसको स्टाटसले यीनि उकासिए । रवि १४ हजार कैदीसँगै आफू पनि निस्किए ? त्यसमध्ये १० जना कैदी मरे । दुई जनाले आमा र श्रीमति पनि मारे । त्यो १२ जना मारेको जिम्मा रवि लामिछानेले लिनुपर्छ । बालेनले लिनुपर्छ । यिनिहरुलाई उकास्ने राजीव खत्री, निश्चल बस्नेत र हिमेश पन्तले लिनुपर्छ । यीनका हिसावकिताव एक एक गरी हुन्छ ।’ 

युवाहरूको दिमाग 'हाइज्याक' गरेर सिंहदरबार र सर्वोच्च अदालत जस्ता संवैधानिक संस्थाहरू जलाउने षड्यन्त्र भएको भन्दै उनले यस्ता अराजक गतिविधिलाई समर्थन गर्नेहरूको पहिचान भइसकेको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ