arrow

एन्फा राष्ट्रिय लिग: एनआरटीको जितले उपाधि होड बन्यो रोमाञ्चक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
nrt-vs-machhendra.jpg

काठमाडौँ । राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले सङ्कटा क्लबमाथि सानदार जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बिहीबार भएको खेलमा एनआरटीले सङ्कटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। एनआरटीका लागि कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले एक–एक गोल गरे भने एक गोल एनआरटीले आत्मघाती उपहारका रूपमा प्राप्त गर्‍यो। सङ्कटाका लागि कृष्णबहादुर आलेले एक गोल फर्काए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो जितसँगै एनआरटीले लिगको शीर्ष स्थानमा रहेका नेपाल एपिएफ क्लब र मछिन्द्र एफसीसँग अङ्क बराबरी गरेको छ। एनआरटी, एपिएफ र मछिन्द्रको समान १२ अङ्क भएको छ भने पराजित सङ्कटा ५ अङ्कमै सीमित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ