arrow

मधेसका आधाभन्दा बढी मतदानस्थल 'अतिसंवेदनशील'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
election-2082-new.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशका कुल २ हजार १६० मतदानस्थलमध्ये १ हजार २४६ वटालाई अतिसंवेदनशील सूचीमा राखिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थलहरू सुरक्षाका दृष्टिले अतिसंवेदनशील वर्गीकरणमा परेका हुन्। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले ती स्थलहरूको अनुगमन र सुरक्षा व्यवस्थाका लागि योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ वटा सामान्य रहेको जानकारी दिइएको छ। प्रदेशभर कुल ४ हजार ४७१ मतदान केन्द्रहरू रहेका छन्। यसपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १ हजार २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

मधेस प्रदेशमा कुल ३५ लाख १७ हजार १२३ मतदाता रहेका छन्। जसमा पुरुष मतदाताको सङ्ख्या १९ लाख ५ हजार ८१९ र महिला मतदाताको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ