arrow

सुनको मूल्यमा सुनामी: एकैदिन बढ्यो २० हजार, पुग्यो तीन लाख ३९ हजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
gold-jewalary.jpg

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ।

पछिल्ला केही दिनदेखि सुनको मूल्यमा तीव्र वृद्धि भइरहेको छ। बुधबार प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन २० हजार ५०० रुपैयाँले बढेको हो। त्यसैगरी, मङ्गलबार सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउ आकाशिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ५ हजार ५६० अमेरिकी डलर र चाँदी १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ