काठमाडौँ । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेका छन्।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सुवेदीलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले उनको शव परीक्षण (पोस्टमार्टम) का लागि सोही अस्पतालमा राखिएको छ।