arrow

उपत्यकामा छिर्दै वर्षा, चन्दागिरीमा आइसक्यो, काठमाडौँमा तीन घण्टासम्म रहने, दिनभर घाम नलाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
kathmandu-fog-82-10-10.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षा छिर्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकाको चन्द्रागिरीमा वर्षा शुरू भएको छ । 

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकामा सो अनुसार काठमाडौँ उपत्यकाभित्रै अबको केही समयमा आउने छ । मध्यान्हमा प्रवेश गर्ने भनिए पनि उपत्यकामा पानी छिट्टै पर्ने उनले बताइन् । 

उनले हाम्राकुरासँग भनिन्, ‘काठमाडौँमा लामो समयसम्म पानी पर्दैन । दुई तीन घण्टाको अवधिमै घटिहाल्छ । काठमाडौँमा भारी वर्षा पनि हुँदैन । दुई तीन ठाउँमा हल्का वर्षा र एक दुई ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहन्छ ।’

उनले साँझसम्म काठमाडौँबाट वर्षाको प्रणाली बाहिरिने बताइन् । आज दिनभर नै घाम भने नलाग्ने उनले बताइन् । साँझतिर बादल खुल्ने उनको भनाइ छ । 

मौसमविद् महर्जनका अनुसार वर्षा गराउने प्रणाली साँझदेखि पूर्वतर्फ सर्नेछ । कमजोर हुँदै बाहिरिन्छ । मधेस प्रदेशका थोरै स्थान र कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा गराउने सम्भावना छ । 

उनले कोशी प्रदेशका तराई भेगमा भने वर्षाको सम्भावना कम रहेको र दुई ठाउँमा हल्का वर्षा हुने बताइन् ।  

आज रातिबाटै सबै सफा भइसक्ने मौसमविद् महर्जनले बताइन् । बेलुकाको लागि पहाडी र हिमाली भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा नै रहने हुन्छ । 

हिउँदे वर्षा यही नै रहेको छ । यो प्रणाली बाहिरिएपछि पश्चिमी वायुको प्रणाली आउने जाने भए पनि यो जस्तो मजबुद प्रणाली भने आउने सम्भावना कम रहेको  मौसमविद्ले जनाएका छन् । 

काठमाडौँमा चिसो महसुस भए पनि र भिजिबिलिटी कम भए पनि न्यूनतम तापक्रम भने बिहान ८.५ डिग्री सेल्सियस रहेको छ । 

यता पछिल्लो १२ घण्टामा पानी पर्यो । विशेषगरी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । 

बिहान पनि वर्षा भइरहेको छ । लुम्बिनी र कर्णालीका केही स्थान, बाग्मती र सुदूरपश्चिमका थोरै र गण्डकीमा वर्षा भएको छ । पोखरा बिहानदेखि नै वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ