arrow

सपनाको देशमा रुमलिँदै

अमेरिकाका ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी उत्रिए अनिश्चितकालीन हड्तालमा 

अत्यधिक काम र न्यून तलबविरुद्ध नर्सहरूको विद्रोह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
uk-nurse-strike-uk-nurse.jpg
तस्बिर फाइल

काठमाडौं । अमेरिकाको चर्चित स्वास्थ्य सेवा प्रदायक संस्था 'काइजर पर्मानेन्टे' मा कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरू अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। यो आन्दोलन अमेरिकाको स्वास्थ्य क्षेत्रकै सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको ठूलो श्रमिक विद्रोह मानिएको छ।

क्यालिफोर्निया संयुक्त नर्स सङ्घ र स्वास्थ्य सेवा पेशाकर्मी सङ्घको नेतृत्वमा सुरु भएको यस हडतालमा नर्स, एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, चिकित्सक सहयोगी र पोषण विज्ञ लगायतका करिब ३१ हजार कर्मचारी सहभागी छन्। 

उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डस्थित अस्पतालहरूमा बिहानैदेखि धर्ना र प्रदर्शन सुरु गरिएको छ। यो आन्दोलन हवाई राज्यसम्म विस्तार गर्ने तयारी युनियनहरूले गरेका छन्।

हडतालमा सहभागी नर्स साराह एचका अनुसार कर्मचारी अभाव र अत्यधिक कार्यभारका कारण उत्पन्न शारीरिक तथा मानसिक थकानले गर्दा हडताल टार्नै नसकिने अवस्थामा पुगेको हो। युनियन र व्यवस्थापनबीच विगत सात महिनादेखि जारी वार्ता सफल हुन नसक्दा यो स्थिति आएको हो। 

मुख्य विवाद तलब वृद्धि र कार्यस्थलको सुरक्षामा केन्द्रित छ। युनियनले चार वर्षमा २५ प्रतिशत तलब वृद्धिको माग गरिरहेको छ भने संस्थाले २१.५ प्रतिशत मात्रै वृद्धि गर्ने प्रस्ताव अघि सारेको छ।

काइजर पर्मानेन्टेले हडतालका बाबजुद वैकल्पिक जनशक्ति परिचालन गरेर आपत्कालीन र अत्यावश्यक सेवाहरू सुचारु राख्ने बताएको छ। यद्यपि, क्यालिफोर्नियाका हरेक चार जनामध्ये एक जनाले यही संस्थाबाट सेवा लिने भएकाले ठूलो सङ्ख्यामा बिरामीहरू प्रभावित हुने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ