arrow

विगत २४ घण्टामा विपद्को कहर: १६ ठाउँमा आगलागी, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
fire-final.jpeg

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार माघ १२ गतेदेखि मङ्गलबार बिहानसम्मको २४ घण्टामा देशभर विपद्का २० वटा घटनाहरू भएका छन्। 

यी घटनाहरूमा परी दुई जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन्। प्राधिकरणका अनुसार यो अवधिमा भएको विपद्बाट करिब २५ लाख ६४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

प्राप्त विवरणअनुसार कूल २० घटनामध्ये १६ वटा आगलागीका रहेका छन् भने चार वटा वन्यजन्तुको आक्रमणसँग सम्बन्धित छन्। सिरहामा सबैभन्दा बढी तीन स्थानमा आगलागी भएको छ भने मोरङ, बारा र रौतहटमा दुई–दुई स्थानमा आगलागीका घटना रेकर्ड गरिएका छन्। 

यसैगरी सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान र बझाङमा पनि आगलागी भएको पाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अधिकांश आगलागी मानवीय असावधानीका कारण भएको देखिएको छ।

जनावरको आक्रमणका घटनाहरू भने सुनसरी, सप्तरी, चितवन र दैलेखमा भएका छन्। हिउँदको सुक्खा मौसम सुरु भएसँगै देशभर डढेलो र आगलागीका घटनामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेकाले प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। आगोको प्रयोग गर्दा र जङ्गल आसपासका क्षेत्रमा बस्दा सतर्क रहन समेत सरोकारवाला निकायहरूले ध्यानाकर्षण गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ