arrow

बालेन पुगे कैलाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
balen-kailali.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार वालेन्द्र साह बालेन चुनावी अभियानका क्रममा मंगलबार कैलालीको टिकापुर पुगेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारलाई तीव्र बनाउँदै बालेनले टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट र छलफल गरेका हुन्।

भेटका क्रममा बालेनले उम्मेदवार ज्ञवालीसँग कैलाली क्षेत्र नम्बर १ को निर्वाचन तयारी, सुशासन, स्थानीय तहको सुदृढीकरण र जनताका अपेक्षाहरूका बारेमा विस्तृत कुराकानी गरेका छन्। बालेनको आगमनले टिकापुर क्षेत्रका रास्वपा कार्यकर्ता र समर्थकहरूमा नयाँ उत्साह थपिएको छ। कार्यक्रममा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले सुदूरपश्चिममा पनि रास्वपाको चुनावी सरगर्मी बढाएको छ।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिई रास्वपामा आबद्ध भएका बालेनले अहिले देशैभर पुगेर आफ्ना पार्टीका उम्मेदवारहरूको पक्षमा जनमत सिर्जना गरिरहेका छन्। 

उनले टिकापुरमा आयोजित भेटघाटमा सक्षम नेतृत्वले मात्रै स्थानीय समस्याको समाधान र समृद्धिको जग बसाल्न सक्ने उल्लेख गर्दै कोलम ज्ञवालीलाई सहयोग गर्न आग्रह समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ