arrow

बोलेरो जीप दुर्घटनामा दुईको घटनास्थलमै मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
accident-final.jpg

सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका-२ नुनढाकीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । 

चैनपुर-२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जीप दुर्घटना हुँदा चैनपुर-१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर-१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। 

आइतबार साँझ ५ः३० बजे चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको जिप चैनपुर-२ स्थित नुनढाकी नजिकै दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका थिए । 

जीप दुर्घटनामा परेर चैनपुर-१ सिङरिङ बस्ने ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका-४ का २८ वर्षीय दीपेश माझी रहेको नायब प्रहरी उपरीक्षक मैनालीले बताए । 

गम्भीर घाइते चैनपुर-१ सिङरिङ्का निमदोर्जी, भीमबहादुर र पाँचथरको फिदिमका दीपेशलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ