arrow

ईभी गाडीसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
accident-final.jpg

कर्णाली । सुर्खेतको वीरेन्द्रनगरमा ईभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा सोमबार कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।

घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका-७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ