arrow

गाडीबाट नझरी कोहलपुर गए बालेन, पूर्वनिर्धारित कार्यक्रम स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
balen-kohalpur.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह बालेन आज बाँकेको नेपालगन्ज पुगेका छन्। उनलाई स्वागत गर्न नेपालगन्जमा ठूलो सङ्ख्यामा समर्थक र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बालेन विमानस्थलबाट बाहिर निस्कँदा समर्थकहरूले भव्य स्वागत गर्दै उनको पक्षमा चर्को हुटिङ गरेका थिए।

नेपालगन्जस्थित पार्टी कार्यालयमा पुगेर प्रतीकात्मक रूपमा घण्टी बजाउने पूर्वनिर्धारित कार्यक्रम रहे पनि भीड नियन्त्रण बाहिर गएपछि बालेन गाडीबाट ओर्लन सकेनन्। अत्यधिक जनसहभागिता र अव्यवस्थित भीडका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनी कार्यक्रमस्थलमा नझरी सिधै कोहलपुरतर्फ लागेका छन्।

पार्टीका स्थानीय नेताहरूले बालेनको क्रेजका कारण सोचेभन्दा बढी मानिस सडकमा ओर्लिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्नुपरेको बताएका छन्। कोहलपुरमा हुने भनिएका अन्य कार्यक्रमहरूमा भने उनी सहभागी हुने सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ