arrow

बसमा लुकाएर ल्याएको खैरो हिरोइनसहित युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
nepal-police12.jpg

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको प्रवेशनाका नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।

झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख ७३३५ नम्बरको यात्रुवाहक बसलाई शङ्कास्पद रूपमा जाँच गर्दा सात ग्राम खैरो हिरोइन फेला परेको थियो। प्रहरीले उक्त लागूऔषधसहित सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ३६ वर्षीय निरोज न्यौपानेलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको छ। लागूऔषध ओसारपसारको सञ्जालबारे प्रहरीले गम्भीरतापूर्वक खोजी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ