arrow

छैटौँ टाइगर कपमा थाइल्याण्ड क्विन्सको पुनरागमन जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
thailand-volleybal.jpg

पोखरा । पाहुना टोली थाइल्याण्ड क्विन्सले पोखरा रंगशालामा आइतबारको खेलमा उत्कृष्ट पुनरागमन जित दर्ता गर्न सफल भएको छ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा अघिल्लो खेलमा एपीएफसँग पराजित थाई टोलीले आइतबार महिलातर्फ दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्न सफल भएको हो।

पहिलो २ सेट गुमाएकोमा पछिल्ला सेटमा पुनरागमन गर्दै जित दर्ता गर्न सफल भएको हो ।

पुलिसले पहिलो सेट २५-२२ र दोस्रो सेट २५-२० ले जित्दै हाबी भएको थियो ।

तर थाइल्याण्डले पछिल्ला सेट क्रमशः २५-२३, २५-१४ र १६-१४ सेटमा पराजित गर्न सफल भएको हो।

अघिल्लो दिन एपीएफसँग पाँचौं सेटमा पराजित थाइल्याण्डले दोस्रो खेलमा पाँचौं सेटमै पुगेर जित निकालेको हो।

पुलिस आइतबार पराजित भए पनि पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटमा हराएको थियो।

आइतबार नै महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लबले एपीएफलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । डायमण्डको यो दोस्रो जित हो।

आइतबार नै पुरुषतर्फका दुई खेल हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ । एपीएफ र पर्वत भलिबल संघ तथा दोस्रो खेलमा पुलिस र आर्मी आमनेसामने हुँदैछन्।

प्रतियोगिताको फाइनल १७ माघमा हुनेछ । च्याम्पियनसिपमा दुई विदेशसहित पुरुषतर्फ छ र महिलातर्फ पाँच टोलीले भाग लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ