arrow

प्रचण्ड आशाः नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
prachanda-10-09.jpg

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् ।

बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए ।

उनले पार्टीले २० ओटा दललाई समेटेर एउटै पार्टी निर्माण गरे पनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेद्वार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे ।

जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेद्वार छनोट गरिएकाले नेकपाका उम्मेद्वारहरूले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।

संयोजक प्रचण्डले जेन-जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताए ।

जेन-जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसूस गरेको उनले बताए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेद्वारहरूका गतिविधिका कारण विस्तारै कमजोर हुँदै गएको र उनीहरूका गतिविधिलाई जनताले गहिरोसँग हेरिरहेको बताए ।

मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गरे ।

गोरखामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेद्वारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार लेखनाथ न्यौपानेको जित करिब-करिब सुनिश्चित जस्तै भएको संयोजक प्रचण्डले बताए ।

उम्मेद्वारी फिर्ता र डा.भट्टराईसँग भएका संवादले अब डा.भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने उनले विश्वास व्यक्त गरे ।

बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता र प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।

दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेद्वार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ