arrow

सञ्चालनमा आयो साँघुटार लिफ्ट खानेपानी आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
pani-tank-sankhu.jpg

रामेछाप । रामेछापको लिखु कोरिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ ।

मृत सञ्जीवनी एन एण्ड के जेभीले कामको जिम्मा पाएको सो खानेपानी योजनाको करिब ३० प्रतिशत काम सकिएको निर्माण कम्पनीका सञ्चालक सागर बुढाथोकीले जानकारी दिए ।

खानेपानी योजनाको लागि ट्याङ्की र फिल्टर ट्याङ्की निर्माणको काम करिब सकिएको उनले बताए । अब मुख्य लाइनको पाइपको काम सुरु हुने बुढाथोकीले जानकारी दिए ।

कुल १५ करोड ५० लाख रुपैँयाको लागतमा निर्माण हुन लागेको सो योजनाको मेन लाइन पाँच किलोमिटर रहेको छ ।

पाँच स्टेपममा लिफ्ट गरी पानी तानेर डाँडामा पुर्याइ खानेपानी वितरण गरिने सो आयोजना सम्पन्न भएपछि रामेछाप नगरपालिकाको साँघुटार, गोठगाउँ र देउरालीसम्मका उपभोक्तालाई खानेपानीको सुविधा पुग्ने छ ।

वाग्मती प्रदेश सरकारअन्तर्गतको खानेपानी डिभिजन कार्यालयमार्फत निर्माण भइरहेको सो आयोजनाको मुख्य लाइनको काम सकिएपछि वितरण लाइनको काम ठेक्का लाग्ने बताइएको छ ।

सो आयोजना निर्माण सम्पन्न भए पछि सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई सहज रूपमा खानेपानी प्राप्त हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ