arrow

झापाबाट फर्किएपछि ओलीले भने - विमानस्थलमा सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरे

विदेशमा नेपालीलाई हेपे जस्तो हिजो विमानस्थलमा मलाई हेपियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
ko-sharma-oli-02-10.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई अपराधी वा सुन तस्करलाई जस्तो व्यवहार गरेर अपमानित गरेको बताएका छन्। शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शुक्रबार झापाबाट काठमाडौँ फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि भएको सुरक्षा जाँच र व्यवहारप्रति कडा आपत्ति जनाए।

विमानस्थलमा खटिएका कर्मचारीले 'माथिबाट आदेश छ' भन्दै आफूलाई दुःख दिएको उल्लेख गर्दै ओलीले सरकार असभ्य र अराजनीतिक भएको आरोप लगाए। उनले भने, “हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरे, हैरान पारे।

 नचिनेको ठाउँमा जाँदा विदेशमा नेपालीलाई हेपे जस्तो हिजो विमानस्थलमा मलाई हेपियो।” यस्तो व्यवहारले आफू कुनै सभ्य समाजमा नभएको जस्तो भान भएको र सरकार जिम्मेवार नदेखिएको उनको तर्क थियो।

अध्यक्ष ओलीले यो व्यक्तिगत अपमानको मात्र कुरा नभई सरकारको संकीर्ण दृष्टिकोण र मतिको उपज भएको बताए। उनले देशमा बेथिति र अन्याय बढेको दाबी गर्दै जनता र राष्ट्रको सम्मानका लागि एमालेले लडिरहने उद्घोष गरे। देशलाई सही बाटोमा ल्याउन र सभ्य समाज निर्माण गर्न अब हुने चुनावको फैसलाबाट एमालेको सरकार बन्नुको विकल्प नभएको उनले स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ