arrow

कांग्रेस फेरि पहिलो दल बन्ने केसीको दाबी: 'विशेष महाधिवेशनले देशमा नयाँ आशा जगायो' [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
arjunkc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वरिष्ठ नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा कांग्रेस पुनः देशको पहिलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कार्यकर्ता र आम देशवासीमा नयाँ उत्साह, आशा र भरोसा नजगाएको बताए।

नेता केसीले पार्टीको नयाँ नेतृत्वले सबै पक्षलाई समेटेर एकीकृत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए। "विशेष महाधिवेशनपछि कांग्रेसमा एउटा नयाँ उर्जा आएको छ," उनले भने, "विघटित प्रतिनिधिसभामा पनि हामी नै पहिलो दल थियौँ र फागुन २१ को निर्वाचनपछि पनि कांग्रेस नै पहिलो पार्टी बन्नेमा म विश्वस्त छु।"

पार्टी सभापति गगन थापाले यसपटक काठमाडौँ–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिनुको कारणबारे पनि केसीले प्रस्ट पारे। "एउटै निर्वाचन क्षेत्रबाट पटक-पटक उम्मेदवार बन्नु हुन्न भन्ने मान्यता र लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको मधेशलाई प्राथमिकता दिने सभापतिको सोचका कारण उहाँ सर्लाही जानुभएको हो," केसीले बताए। थापाले विगतमै मधेशबाट चुनाव लड्न चाहे पनि तत्कालीन राजनीतिक परिस्थितिले सम्भव नभएको र यसपटक उनले मधेश र कांग्रेसको सम्बन्धलाई थप मजबुत बनाउन यो जोखिमपूर्ण तर साहसिक निर्णय लिएको केसीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ