arrow

ट्रम्प र जेलेन्स्कीबीचको भेटले जगायो शान्तिको आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
volo-trump.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच स्विट्जरल्यान्डको डाभोसमा भएको भेटवार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। 

विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा भएको यस महत्वपूर्ण भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँगको संवाद 'निकै राम्रो' भएको प्रतिक्रिया दिनुएका छन्। ह्वाइट हाउसका अनुसार करिब एक घण्टा चलेको उक्त बैठकमा रुस-युक्रेन युद्धको वर्तमान अवस्था र शान्ति प्रक्रियाका सम्भावनाबारे गहन छलफल भएको थियो।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि जारी रुस-युक्रेन युद्ध अब समाप्त हुनुपर्नेमा जोड दिए। यसै सिलसिलामा अमेरिकी प्रतिनिधिमण्डल रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न मस्को जान लागेको जानकारी पनि उनले दिए, जसलाई युद्धविरामको प्रयासमा एक महत्वपूर्ण कुटनीतिक कदमको रूपमा हेरिएको छ। 

यता युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पसँगको भेटलाई फलदायी र 'राम्रो' भन्दै प्रशंसा गरेका छन्। दुई नेताबीचको यो संवादले विश्व राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ र युद्ध अन्त्यका लागि अमेरिकी सक्रियता बढेको सङ्केत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ