arrow

नेप्सेमा नौ अङ्कको सुधार: साताको अन्तिम दिन बजारमा हरियाली 

कारोबार रकम ९ अर्ब नाघ्दा लगानीकर्तामा उत्साह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
Nepse-Up-bull.jpg

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। अघिल्लो दिन बुधबार केही घटेर बन्द भएको बजारमा यस दिन ९.२३ अङ्कको वृद्धि देखिएको हो, जसका कारण नेप्से परिसूचक २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ। 

फ्लोट इण्डेक्स ०.६६ अङ्कले बढेको भए पनि सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इण्डेक्समा भने झिनो गिरावट दर्ता भएको छ। नेप्सेसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ, जहाँ ३३२ कम्पनीका ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिनको बजारमा एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एक्सेल डेभलपमेन्ट बैंक र रावा इनर्जीको सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ६.२५ प्रतिशत गुमाएका छन्। 

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी ४० करोड ८२ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहँदा मञ्जुश्री फाइनान्स र एसवाई प्यानलको पनि राम्रो कारोबार भएको छ। कुल १३ उपसमूहमध्ये १० वटाको परिसूचक बढेको छ, जसमा वित्त उपसमूह २.३८ प्रतिशतले बढ्दै अग्रस्थानमा रहेको छ भने व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ