arrow

घुमुवा प्रहरीको काम गरेका ५० जनालाई तानियो प्रहरी मुख्यालयमा, थन्क्याइयो गणमा

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८२ माघ ७ बुधबार
nepal-police-logo_1618051596.jpg

वीरगञ्जज । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा घुमुवा प्रहरीको काम गरेका र गरिरहेका भूतपूर्व र वर्तमान विभिन्न पदका गरी पचास जनालाई प्रहरी मुख्यालय काठमाडौँको नक्साल झिकाइएको छ।

झिकाइएका प्रहरी कर्मचारीहरूमा प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुवास यादव (जिल्ला प्रहरी कार्यालय, सर्लाही), कुबेर खतिवडा (इलाका प्रहरी कार्यालय, बर्दिबास, महोत्तरी), संजय पासवान (जिल्ला प्रहरी कार्यालय, सिरहा), जगदिश यादव (जिल्ला प्रहरी कार्यालय, पर्सा), अजय पट्टेल (जिल्ला प्रहरी कार्यालय, बारा) तथा मनोजकुमार यादव (विमानस्थल सुरक्षा कार्यालय, राजविराज, सप्तरी) रहेका छन् । 

यसैगरी प्रहरी वरिष्ठ हवल्दार (प्र.ब.ह.) विनोदकुमार शाह (जिल्ला प्रहरी कार्यालय, बारा) र प्रहरी हवल्दार (प्र.ह.) रामसेवक ठाकुर (मधेस प्रदेश प्रहरी गण, जनकपुर, धनुषा), राजु प्रसाद गुप्ता (जिल्ला प्रहरी कार्यालय, रौतहट), उमेश यादव (मधेस प्रदेश प्रहरी गण, जनकपुर, धनुषा), विजयप्रसाद यादव (जिल्ला प्रहरी कार्यालय, पर्सा), बैजुलाल यादव (जिल्ला प्रहरी कार्यालय, महोत्तरी) तथा दीप नारायण चौधरी (जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाही) रहेका छन् । 

साथै प्रहरी सहायक हवल्दार (प्र.स.ह.) सरोज यादव र संजय जयसवाल (दुवै जिल्ला प्रहरी कार्यालय, पर्सा), अनिकेतकुमार सिंह, राजकुमार गुरुङ (दुवै मधेस प्रदेश प्रहरी कार्यालय, धनुषा) तथा ब्रजरत्न बज्राचार्य (नेपाल प्रहरी स्कूल जिगडिया, रौतहट) छन् । प्रहरी जवान (प्र.ज.) तर्फ लालबाबु मियाँ (जिल्ला प्रहरी कार्यालय, पर्सा) र उज्ज्वल तिवारी (जिल्ला प्रहरी कार्यालय, धनुषा) रहेका छन् ।

झिकाइएको पचासमध्ये २० जना मधेस प्रदेशका रहेका छन् । उनीहरू सबैलाई मंगलबार प्रहरी मुख्यालयमा हाजिर गराई अधिकांशलाई गणमा थन्क्याइएको छ । नयाँलाई केही ठाउँको जिम्मा दिइएको छ भने केही वर्षौँदेखि अड्डा जमाएर बसेका र सेवा–सत्कारमा महारथ हासिल गरेकाहरूलाई यथावत् राखिएको छ । 

प्रहरी जवानदेखि वरिष्ठ सईसम्मको जागिरे यात्रामा बारा जिल्लामा बसेर लखनउ लुट मच्चाएका दीपक बस्नेतलाई जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलीको इन्चार्ज बनाइएको छ ।

वडा प्रहरी कार्यालय विर्ता, वीरगंजमा कार्यरत प्रहरी हवल्दारलाई मधेस प्रदेशमा तान्न लगाएर वरिष्ठ सई बस्नेतले बारा बोलाएका छन्। एक दशक पथलैया ट्राफिकमा बसेर घुमुवाको काम गरेर मनग्य धन आर्जन गरेका बस्नेतले लगभग ३ करोड रुपैयाँ ब्याजमा लगाएको बताइन्छ।

बस्नेतले सहायक हवल्दार रत्नेश मण्डललाई अहिले पथलैयाको घुमुवा बनाएर पठाएका छन्। मधेस प्रदेश जनकपुरमा वरिष्ठ सई गोपाल थापा मगरलाई डीआईजीभन्दा बढी पावर दिएर प्रहरी मुख्यालय काठमाडौँबाट खटाइएको छ । 

उनले मधेस प्रदेशमा घुमुवा खटाउने उठ्तीपुठ्तीको कामलाई सूक्ष्म अध्ययन अनुसन्धान गर्ने जिम्मा पाएका छन् । वरिष्ठ सई जयलाल यादव र प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र साहलाई पनि धनुषामा असुलीका लागि राखिएको छ।

प्रहरी हवल्दार बच्चा यादव र प्रहरी जवान कबीर भन्ने राकेश यादवलाई धनुषामा बसेर सप्तरी र महोत्तरी जिल्लाको हरहिसाब हेर्ने जिम्मा दिइएको छ।

भैरहवा नाकामा सई सन्तोष रायमाझीले दुई दशकदेखि रजगज गरिरहेका छन्। पाल्पा मूल घर भएका रायमाझीले भैरहवा एसएसपी अफिसको पछाडि भव्य बङ्गला र बुटवल राजमार्ग चौराहाको दक्षिण–पश्चिम कुनामा पाँचतल्ले घर बनाएर भाडामा लगाएका छन्। उनको टोलीमा असई पदम भण्डारी, सुरेन्द्र चन्द, प्रहरी जवान अखिलेश यादव बलापुर घर भएका हरू खटिने गरेका छन्।

प्रहरी हवल्दार गङ्गा खत्री र जागेश्वर महतो, प्रहरी सहायक हवल्दार सुनील ठाकुर अहिले कोशी प्रदेशभरिका घुमुवा भएर आफ्ना गतिविधि बढाएका छन्।

सम्पूर्ण मुलुकको ध्यान आसन्न निर्वाचनमा केन्द्रित भएको बेला नेपाल प्रहरीको मुख्यालय अतिरिक्त आम्दानीमा गडबडी नहोस् भन्नेमा चिन्तित देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ