arrow

नेप्सेमा सामान्य 'ब्रेक': नौ अङ्कको गिरावटसँगै आठ अर्ब ९२ करोडको कारोबार

अन्य समूहबाहेक सबै उपसूचक राताम्मे, कालिका पावरका लगानीकर्ताले कमाए सर्वाधिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अङ्कले घटेर २,७०५.३८ को बिन्दुमा कायम भएको छ। अघिल्लो दिन उच्च अङ्कले बढेको बजारमा आज सामान्य गिरावट देखिए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ। 

नेप्सेका अनुसार आज ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर कुल ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत उपसूचकहरूको अवस्था हेर्दा आज 'अन्य' समूहबाहेक बाँकी सबै समूहको सूचक ओरालो लागेको छ। अन्य समूहमा ०.२६ प्रतिशतको सामान्य वृद्धि देखिँदा होटल तथा पर्यटन समूह सबैभन्दा बढी १.८८ प्रतिशत र वित्त समूह १.६७ प्रतिशतले घटेका छन्। 

त्यस्तै व्यापार समूह १.२१ प्रतिशत, विकास बैंक ०.५९ प्रतिशत, लगानी ०.६४ प्रतिशत र बैंकिङ क्षेत्रमा ०.१८ प्रतिशतको गिरावट आएको छ। बिमा क्षेत्रतर्फ जीवन बिमा ०.३६ र निर्जीवन बिमा ०.३० प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहका लगानीकर्ताले पनि आज सामान्य गुमाएका छन्।

आजको बजारमा कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशत नाफा कमाएका छन् भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ५.८९ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ। 

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ, जसको ४३ करोड ३६ लाख ३६ हजार रुपैयाँभन्दा बढीको १८ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको सरगर्मीका बीच शेयर बजारमा उतारचढाव कायमै देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ